spot_img

गुमेको औद्योगिक अवसर पुनर्जीवित गर्न सरकार–निजी क्षेत्रको सहकार्य आवश्यक : अर्थमन्त्री वाग्ले

spot_img
spot_img

काठमाडौं,१२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई आयातमुखी अर्थतन्त्रबाट उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्न उद्योग क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा उद्यमीहरूसँग आयोजित छलफल कार्यक्रममा उनले लामो समयदेखि खुम्चिँदै गएको औद्योगिक क्षेत्रलाई पुनर्जीवित गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी सुरक्षित हुने, उचित प्रतिफल प्राप्त हुने तथा पुनः लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। निजी क्षेत्रको प्रगति नै देशको आर्थिक समृद्धिको आधार भएकाले उद्यमीको लगानी र सम्पत्तिको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो।

उनले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै आवश्यक कानुनी संशोधन, नियमावली तथा संस्थागत सुधार समयमै अघि बढाइने बताए।

त्यस्तै, पूँजीगत खर्चको गति बढाउने, विकास आयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, पूँजी बजार तथा वित्तीय क्षेत्र सुधार गर्ने र लगानीमैत्री वातावरण सुदृढ बनाउने कार्यलाई सरकारले समानान्तर रूपमा अघि बढाइरहेको उनले उल्लेख गरे।

वाग्लेले नेपाललाई अधिकतम लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन र निर्यात विस्तारमा उद्योग क्षेत्र अग्रसर हुनुपर्ने धारणा राखे।

उनले निजी क्षेत्रलाई लगानी, उत्पादन वृद्धि, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सिर्जनामा सक्रिय हुन आग्रह गर्दै लगानीका अवरोध हटाउन सरकार आवश्यक सहजीकरण गर्न तयार रहेको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय