spot_img

सुनसरी घटनाप्रति रास्वपाको चिन्ता, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

spot_img
spot_img

काठमाडौं,१२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा हालै भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

मंगलबार पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै, घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

रास्वपाले कुनै पनि प्रकारको विवाद वा असहमतिको समाधान हिंसाबाट सम्भव नहुने उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर पार्ने गतिविधिबाट सबै पक्षलाई टाढा रहन आग्रह गरेको छ। अफवाह र उत्तेजनामा नफसी संयमता अपनाउन नागरिक, सामाजिक तथा धार्मिक अगुवा र सबै सरोकारवालालाई पार्टीले अपिल गरेको छ।

विज्ञप्तिमार्फत सरकारले प्रभावित क्षेत्रमा तत्काल शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन, घटनाको स्वतन्त्र, निष्पक्ष र शीघ्र छानबिन गर्न तथा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरिएको छ। साथै, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि रास्वपाले सरकारसँग आग्रह गरेको छ।

पार्टीले शान्ति, न्याय र सामाजिक सद्भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै संवाद र सहकार्यमार्फत परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। साथै, घटनालाई राजनीतिक लाभका लागि प्रयोग नगर्न सबै राजनीतिक दल तथा सरोकारवाला पक्षलाई आग्रह गर्दै आफ्ना स्थानीय समितिलाई पनि शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय