spot_img

समावेशी तथा गुणस्तरीय शिक्षामा स्थानीय सरकार र सरोकारवालाको साझा प्रतिबद्धता

spot_img
spot_img

बीरगन्ज,१२ साउन ।   समावेशी तथा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि स्थानीय सरकार, नागरिक समाज तथा विकास साझेदार संस्थाहरूबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासहित पटेर्वा सुगौली गाउँपालिकामा समन्वय बैठक सम्पन्न भएको छ।

युरोपियन युनियनको आर्थिक सहयोगमा People in Need, Accountability Lab Nepal, National Campaign for Education Nepal (NCE Nepal) तथा दिव्य विकास स्रोत केन्द्र, पर्साको साझेदारीमा सञ्चालित ‘पहुँच परियोजना’ अन्तर्गत आयोजित उक्त बैठकमा शिक्षा क्षेत्रमा समान पहुँच, उत्तरदायित्व र प्रभावकारी सहकार्यका विषयमा व्यापक छलफल भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री दिनेश कुमार चौधरी ले समावेशी तथा गुणस्तरीय शिक्षा स्थानीय सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रको दिगो विकासका लागि विकास साझेदार, नागरिक समाज र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सबै बालबालिकाले समान अवसरसहित गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न स्थानीय तहले आवश्यक पहल जारी राख्ने विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष श्रीमती ममता महतो ले गुणस्तरीय शिक्षाको आधार प्रभावकारी समन्वय र साझा उत्तरदायित्व भएको उल्लेख गर्दै स्थानीय तह, विद्यालय, अभिभावक तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट वञ्चित नहुने वातावरण निर्माणमा सबै पक्षको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा राख्नुभयो।

बैठकमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरू, Accountability Lab Nepal, नेपाल अपाङ्ग महिला संघका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

छलफलका क्रममा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन, विद्यालय शासन सुधार, समुदायको सक्रिय सहभागिता अभिवृद्धि, बालबालिकाको सिकाइ उपलब्धि वृद्धि, उत्तरदायी शिक्षा प्रणाली निर्माण तथा स्थानीय सरकारको नेतृत्वमा शिक्षा क्षेत्रमा प्रभावकारी सहकार्य विस्तार गर्ने विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए। साथै स्थानीय तहको शिक्षा योजना, कार्यान्वयन र अनुगमन प्रक्रियालाई अझ प्रभावकारी तथा परिणाममुखी बनाउने सम्बन्धमा विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक श्री रामाकान्त प्रसाद कुर्मी ले गर्नुभएको थियो। उहाँले ‘पहुँच परियोजना’ ले स्थानीय सरकार, विद्यालय, अभिभावक र नागरिक समाजबीच साझेदारीलाई सुदृढ गर्दै सबै बालबालिकाका लागि समावेशी, समान र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो।

कार्यक्रम सञ्चालन दिव्य विकास स्रोत केन्द्र, पर्साका सहायक कार्यक्रम अधिकृत श्री नवलकिशोर साह रौनियार ले गर्नुभएको थियो।

बैठकले स्थानीय सरकारको नेतृत्वमा शिक्षा क्षेत्रका सबै सरोकारवालाबीच सहकार्यलाई थप संस्थागत गर्दै समावेशी, उत्तरदायी र गुणस्तरीय शिक्षा प्रणाली निर्माणतर्फ साझा प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय