spot_img

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

spot_img
spot_img

काठमाडौं,१३ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि मंगलबार साँझ काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन्।

चक्कर लाग्ने तथा वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो। डा. भट्टराईकी छोरी मानुषी यमी भट्टराईका अनुसार चिकित्सकहरूले प्रारम्भिक परीक्षणपछि उनमा बेनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो (BPPV) को लक्षण देखिएको बताएका छन्।

उनका अनुसार डा. भट्टराईका अन्य सबै स्वास्थ्य परीक्षण रिपोर्टहरू सामान्य रहेका छन्। हाल उपचार जारी रहेको र स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको मानुषीले जानकारी दिएकी छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय