spot_img

आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट लागू

spot_img
spot_img

काठमाडौँ,१३ साउन । नेपाल विद्युत् प्राधिकरणले आजदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। नयाँ व्यवस्था कार्यान्वयनका लागि प्राधिकरणले आफ्नो बिलिङ प्रणालीसमेत अद्यावधिक गरिसकेको जनाएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको व्यवस्थाअनुसार पहिलो ५० युनिटसम्मको विद्युत् महसुलमा भ्याट लाग्ने छैन। तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकले ५० युनिटमाथिको महसुलमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ।

यो व्यवस्था अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमार्फत घोषणा गरिएको थियो। सोही निर्णयअनुसार आजदेखि देशभर लागू गरिएको हो।

यस व्यवस्थाले न्यून विद्युत् खपत गर्ने घरपरिवारलाई अतिरिक्त करको भार नपर्ने भए पनि ५० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्ताको मासिक विद्युत् बिल भने केही बढ्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय