spot_img

कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनको मृत्यु

spot_img
spot_img

कपिलवस्तु,१३ साउन । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई एकैसाथ ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा पुर्‍याइएको थियो। अस्पतालमा उपचारका क्रममा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् भने एक जनाको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार मृत्यु हुनेमध्ये दुई जना साइकल यात्री र एक जना पैदलयात्री रहेका छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय