spot_img

सप्तरी भन्सारद्वारा गत आवमा ७ करोड ४२ लाख राजस्व सङ्कलन

spot_img
spot_img

जनकपुर,१३ साउन । जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही, सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा ७ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार उक्त आर्थिक वर्षमा कार्यालयले ८ करोड १७ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ९०.१ प्रतिशत हासिल गर्दै कार्यालयले ७ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले आफ्नो वार्षिक लक्ष्यको ८०.९३ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा लक्ष्य प्राप्तिको दरमा सुधार आएको कार्यालयले जनाएको छ ।

भन्सार नाकासम्म पुग्ने सडक तथा पुल लामो समयदेखि जीर्ण अवस्थामा रहेकाले आवागमन प्रभावित हुँदै आएको छ । यस्तो अवस्थामा पनि लक्ष्यको ९० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन हुनु सन्तोषजनक उपलब्धि रहेको सूचना अधिकारी साहले बताए ।

सडक तथा पुलको अवस्था सुधार भई भन्सार नाकासम्मको आवागमन सहज भए राजस्व सङ्कलन अझ बढ्न सक्ने अपेक्षा कार्यालयले गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय