spot_img

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेट

spot_img
spot_img

काठमाडौं,१३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुधबार भेटवार्ता भएको छ ।

लामिछाने राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक परिस्थिति तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलसँगको भेटमा लामिछानेले सुनसरीमा पछिल्लो समय विकसित घटनाक्रमबारे जानकारी गराएका थिए । साथै, घटनाबारे साझा धारणा बनाउन आफूले आह्वान गरेको सर्वदलीय बैठकका विषयमा पनि उनले राष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ ।

सुनसरी घटनाबारे साझा धारणा बनाउन लामिछानेले बुधबार सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका थिए ।

बैठकपछि लामिछानेले राजनीतिक रूपमा दलहरूबीच मतभिन्नता भए पनि संवेदनशील परिस्थितिमा सबै एक ठाउँमा उभिएको बताएका थिए । बैठकले सुनसरी घटनाको शान्तिपूर्ण समाधान र सामाजिक सद्भाव कायम गर्न संयुक्त अपिल गर्ने निर्णय गरेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय