spot_img

राजकुमार राउत कुर्मीलाई न्याय माग्दै सीडीओलाई बुझाइयो ज्ञापनपत्र

spot_img
spot_img

बीरगन्ज,१३ साउन । राजकुमार राउत कुर्मीको हत्या प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै प्रदर्शनकारीहरूले पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् । उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन तथा घटनामा संलग्न दोषीलाई कुनै पनि दबाब वा प्रभावमा नपरी कानुनी कारबाही गर्न प्रशासनसमक्ष आग्रह गरेका हुन् ।

ज्ञापनपत्र बुझाउँदै प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष अनुसन्धान, पीडित परिवारको न्यायको सुनिश्चितता तथा दोषीमाथि कडा कारबाही नभएसम्म आफूहरूको दबाबमूलक कार्यक्रम जारी रहने बताएका छन् ।

प्रदर्शनकारीहरूले प्रशासनलाई घटनाप्रति गम्भीर भई शीघ्र अनुसन्धान अघि बढाउन तथा पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय