spot_img

गढीमाई मन्दिरमा चोरी

spot_img
spot_img

बारा,१३ साउन । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी भएको घटना सार्वजनिक भएको छ। चोरले मन्दिरको मूल ढोकाको ताल्चा फोडेर देवीको मूर्तिमा सजाइएका सुन तथा चाँदीका गहना चोरी गरेका छन्।

मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार, साउन १० गते आइतबार मध्यरातमा चोरी भएको हो। चोरी भएका सामग्रीमा चाँदीको एक थान मुकुट, सुनको जलप लगाइएको चाँदीको एक थान हार, एक थान सुनको तिलहरी र एक थान सुनको सिक्री रहेका छन्।

पुजारी चौधरीले बिहान करिब ३ बजे दैनिक पूजापाठका लागि मन्दिर पुग्दा ढोकाको ताल्चा फुटेको र देवीको मूर्तिमा रहेका गहना गायब भएको देखेपछि घटना थाहा पाएका हुन्। त्यसलगत्तै उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहलाई जानकारी गराएका थिए।

घटनाबारे प्रहरीलाई पनि तत्काल सूचना दिइएको र चोरीमा संलग्न व्यक्तिको खोजी तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय