काठमाडौं,१३ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै अब नयाँ विकल्पको खोजी गर्नुपर्ने समय आएको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले सरकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका हुन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, “सर्वत्र सरकार असफल! अब विकल्पको खोजी गर्नु नै उत्तम होला। देयर इज नो गुड न्युज एट अल।”
देशमा पछिल्लो समय देखिएको राजनीतिक असन्तुष्टि, सामाजिक तनाव र विभिन्न क्षेत्रका समस्याप्रति सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै उनले यस्तो टिप्पणी गरेका हुन्।
साम्पाङको अभिव्यक्तिले वर्तमान सरकारको कार्यशैलीप्रति उनको असन्तुष्टि झल्किएको छ। यद्यपि उनले सरकारको विकल्पका रूपमा कुनै दल वा नेतृत्वको नाम भने उल्लेख गरेका छैनन्।
उनको यो टिप्पणी सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।




