spot_img

हिंसा होइन, विकासको बाटो रोज्न मधेशवासीलाई सांसद अमरेश सिंहको आग्रह

spot_img
spot_img

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले जातीय र धार्मिक हिंसाबाट टाढा रहँदै मधेशको विकास र समृद्धिका लागि सबै समुदाय एकजुट हुन आह्वान गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै उनले विगतमा भएका आन्दोलन, जातीय तथा धार्मिक हिंसाका घटनाले मधेशको विकासलाई कम्तीमा एक दशक पछाडि धकेलेको टिप्पणी गरेका छन्। हिंसा र अशान्तिका कारण भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै शिक्षा, व्यापार–व्यवसाय र समग्र अर्थतन्त्रमा गम्भीर असर परेको उनको भनाइ छ।

सांसद सिंहले विगतका कमजोरीबाट पाठ सिकेर अब विकासलाई साझा एजेन्डा बनाउनुपर्ने बेला आएको उल्लेख गरेका छन्। शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र युवाको रोजगारीलाई प्राथमिकतामा राखेर सम्पूर्ण मधेशवासी एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।

उनले समाजमा अशान्ति फैलाउने र जातीय तथा धार्मिक द्वन्द्व भड्काउने तत्वको प्रभावमा नपर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधि मधेशको हितविपरीत रहेको बताएका छन्।

शान्ति, सद्भाव र सामाजिक एकतालाई कमजोर बनाउने जोसुकै व्यक्ति वा समूह पनि मधेशको विकासका बाधक भएको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिलाई सामाजिक रूपमा अस्वीकार गर्नुपर्ने धारणा उनले व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय