spot_img

प्रतिनिधिसभा बैठकमा प्रचण्डको उपस्थिति, ४१ बैठकमा न्यून उपस्थिति रहेको थियो

spot_img
spot_img

काठमाडौं,१४ साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्।

पहिलो अधिवेशन र चालु अधिवेशनका गरी प्रतिनिधिसभाका ४१ वटा बैठकमा प्रचण्डको उपस्थिति निकै न्यून रहेको थियो। उनी बैठकमा थोरै समय मात्रै उपस्थित हुने गरेको विषयमा यसअघि समाचारसमेत प्रकाशित भएको थियो।

तर, बिहीबारको बैठकमा भने प्रचण्ड संसद् भवनमा उपस्थित भएका हुन्।

बिहीबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ। प्रतिनिधिसभाको बैठक दुई सातापछि बिहीबार पुनः बसेको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय