spot_img

पर्सा प्रहरीको नेतृत्व परिवर्तन : एसपी सुदीप राज पाठकको बिदाइ, एसपी पवन कुमार भट्टराईको स्वागत

spot_img
spot_img

बीरगन्ज,१४ साउन । जिल्ला प्रहरी कार्यालय पर्सामा नेतृत्व परिवर्तन भएको छ। करिब ११ महिनासम्म पर्साको प्रहरी प्रमुखका रूपमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकको काज सरुवा भएपछि बुधबार उहाँलाई सम्मानपूर्वक बिदाइ गरिएको छ भने नवआगन्तुक प्रहरी उपरीक्षक पवन कुमार भट्टराईलाई स्वागत गरिएको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८३ साउन १३ गतेको पत्रादेशअनुसार एसपी पाठकको काज सरुवा उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा भएको हो।

पर्सामा कार्यरत रहँदा एसपी पाठकले जिल्लाको शान्ति–सुरक्षा व्यवस्थापन, आपराधिक गतिविधि नियन्त्रण तथा नेपाल प्रहरीको नीति–निर्देशनअनुसार प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गरेको भन्दै सहकर्मी प्रहरी अधिकृत तथा कर्मचारीहरूले उहाँको योगदानको प्रशंसा गरेका थिए। बिदाइ कार्यक्रममा सहभागीहरूले उहाँको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सम्मानपूर्वक विदाइ गरेका थिए।

यता, सोही पत्रादेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंबाट काज सरुवा भई पर्साको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी उपरीक्षक पवन कुमार भट्टराई बुधबार नै जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका छन्।

हाजिरीपछि आयोजित परिचयात्मक तथा स्वागत कार्यक्रममा सिनियर र जुनियर प्रहरी अधिकृत तथा कर्मचारीहरूले एसपी भट्टराईलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। नयाँ नेतृत्वसँगै पर्सामा शान्ति–सुरक्षा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय