spot_img

सिरहामा तनाव बढ्यो, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी

spot_img
spot_img

सिरहा,१४ साउन । सुनसरीको कप्तानगञ्जमा भएको घटनाको प्रभाव सिरहामा समेत देखिएको छ। सिरहाको गोलबजार क्षेत्रमा दुई समूहबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ।

झडपका क्रममा ११ वटाभन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ। आगलागीबाट मोटरसाइकलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागी नियन्त्रणमा लिन गोलबजार नगरपालिकाको दमकल प्रयोग गरिएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ।

स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। तर, कर्फ्यु लागू भए पनि सडकमा प्रदर्शन र नाराबाजी रोकिएको छैन।

प्रशासनले शान्ति सुरक्षा कायम गर्न कर्फ्युको आदेश पालना गर्न आग्रह गरे पनि प्रदर्शनकारीहरू सडकमा निस्किएपछि क्षेत्रको अवस्था अझै तनावपूर्ण रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय