spot_img

सुनसरी घटनामा घाइते युवकको मृत्यु, मृतकको संख्या दुई पुग्यो

spot_img
spot_img

विराटनगर,१४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो। उनलाई घटनाका क्रममा प्रहरीको गोली लागेको थियो।

जयप्रकाशको मृत्यु भएसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सोही वडाका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

घटनामा प्रहरीको गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका थिए। झडप नियन्त्रणका क्रममा प्रहरीतर्फ पनि आठ जना घाइते भएको प्रहरीले जनाएको छ।

कप्तानगञ्जमा दुई समूहबीचको विवादपछि उत्पन्न तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो। घटनापछि क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय