काठमाडौँ,१४ साउन । प्रतिनिधिसभाको बैठक साउन १९ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।
प्रतिनिधिसभाको बैठक १५ दिनको अन्तरालपछि बिहीबार बसेको थियो। लामो समयपछि बसेको बैठक पुनः पाँच दिनका लागि स्थगित भएको हो।
अब प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्नेछ।




