spot_img

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए कोशी र मधेसका सांसद

spot_img
spot_img

काठमाडौं,१४ साउन । सुनसरीमा सुरु भएको तनाव कोशी र मधेस प्रदेशका विभिन्न क्षेत्रमा समेत फैलिँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुवै प्रदेशका सांसदलाई छलफलका लागि बोलाएका छन्।

लामिछानेले बिहीबार अपराह्न ४ः१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा छलफलका लागि सांसदहरूलाई बोलाएको एक सांसदले जानकारी दिए।

ती सांसदका अनुसार पछिल्लो घटनाक्रम, त्यसको प्रभाव र पार्टीका तर्फबाट चाल्नुपर्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको हो। ‘कोशी र मधेस प्रदेशका सांसदहरूलाई छलफलका लागि सभापतिले बोलाउनुभएको छ। सायद पछिल्लो घटनाबारे छलफल गर्न होला,’ ती सांसदले भने।

प्रतिनिधिसभाको बैठक सकिएपछि केही सांसदले सभापति लामिछानेलाई भेटेर सुनसरीसहित विभिन्न क्षेत्रमा विकसित घटनाक्रमबारे जानकारी गराएका थिए।

भेटमा सांसदहरूले संवेदनशील अवस्थामा सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताएका थिए। उनीहरूले समस्या समाधानका लागि गृहमन्त्री सुधन गुरुङले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने र आवश्यक परे मार्ग प्रशस्त गर्नुपर्ने सुझावसमेत सभापति लामिछानेलाई दिएको बताइएको छ।

सुनसरीको घटनापछि विभिन्न क्षेत्रमा प्रदर्शन तथा तनाव बढ्दै गएका बेला रास्वपाले आफ्ना कोशी र मधेस प्रदेशका सांसदसँग छलफल गर्न लागेको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय