spot_img

सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी, अवस्था तनावग्रस्त

spot_img
spot_img

सिरहा,१४ साउन । प्रदर्शन चर्किएसँगै सिरहामा आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन तीव्र बनेपछि जिल्लाको सुरक्षा अवस्था तनावपूर्ण भएको छ।

प्रदर्शनका क्रममा सिरहाको गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ। आगजनीबाट मलमा क्षति पुगेको प्रारम्भिक विवरण छ।

गोलबजारसहित सिरहाका विभिन्न क्षेत्रमा तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेशसमेत जारी गरेको छ। प्रदर्शनकारीले सडकमा प्रदर्शन तथा नाराबाजी जारी राखेका बेला प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ।

आगजनी र तोडफोडका घटना बढ्दै गएपछि गोलबजार क्षेत्रको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय