spot_img

वीरगन्जमा निषेधाज्ञा जारी, चार किल्लाभित्र सभा–जुलुस गर्न रोक

spot_img
spot_img

वीरगन्ज,१४ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन्।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम पाँच जनाभन्दा बढी मानिस जम्मा भई सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो। आदेश उल्लङ्घन गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्र चार किल्लाभित्र तोकिएको छ। पूर्वमा प्रतिमा चोक हुँदै बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको प्रशासनले जनाएको छ।

प्रशासनले वीरगञ्जको शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय