spot_img

मधेसका पाँच जिल्लामा सुरक्षा सतर्कता बढाइयो, नजिकका प्रहरी युनिटबाट थप जनशक्ति परिचालन

spot_img
spot_img

बीरगन्ज,१४ साउन । मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शनको अवस्था सिर्जना भएपछि नेपाल प्रहरीले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन नजिकका प्रहरी युनिटहरूबाट अतिरिक्त जनशक्ति परिचालन गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, सप्तरी, धनुषा, बारा र पर्सामा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बागमती प्रदेशका विभिन्न गण तथा तालिम केन्द्रबाट प्रहरी टोली परिचालन गरिएको हो। आवश्यकताअनुसार केही टोली सम्बन्धित जिल्लामा पुगिसकेका छन् भने थप टोली खटिने क्रममा रहेका छन्।

सुरक्षा व्यवस्थापनका लागि सिन्धुलीस्थित दुधौली तालिम केन्द्र, विशेष प्रहरी गण ढल्केबर, रातमाटे गण, बागमती प्रदेश प्रहरी गण हेटौँडा, भरतपुर तालिम केन्द्र तथा सप्तरीस्थित राजविराज तालिम केन्द्रबाट प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, समग्र सुरक्षा समन्वय र परिचालनलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयको कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अमरेन्द्रबहादुर सिंहलाई मधेस प्रदेशमा खटाइएको छ।

प्रहरीले प्रदर्शन प्रभावित जिल्लाहरूमा शान्ति–सुरक्षा कायम राख्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। साथै, सर्वसाधारणलाई अफवाहमा विश्वास नगरी संयमता अपनाउन र कानुनको पालना गर्न अनुरोध गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय