spot_img

गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दुवादी संस्थासँग छलफल

spot_img
spot_img

काठमाडौँ,१४ साउन । कोशी प्रदेशको सुनसरी तथा मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो प्रदर्शन र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गृह मन्त्रालयले मुस्लिम आयोगका पदाधिकारी र हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको छ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको उपस्थितिमा भएको बैठकमा पछिल्ला घटनाक्रमबाट उत्पन्न तनावलाई शान्तिपूर्ण रूपमा व्यवस्थापन गर्ने, सामाजिक सद्भाव कायम राख्ने तथा सम्भावित विवादको समाधान खोज्ने विषयमा छलफल भएको बताइएको छ।

गृह मन्त्रालयकी सूचना अधिकारी (उपसचिव) रमा आचार्यका अनुसार सुनसरी र सिराहालगायत प्रभावित क्षेत्रमा देखिएको अवस्थालाई कसरी नियन्त्रण र न्यूनीकरण गर्ने भन्ने विषयमा सरोकारवालाबीच विचार–विमर्श भइरहेको छ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको थियो।

गृह मन्त्रालयले संवाद, आपसी सहकार्य र कानुनी प्रक्रियामार्फत शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय