spot_img

मधेसको पछिल्लो अवस्थाबारे छलफल गर्न मधेसवादी दलहरूको संयुक्त बैठक

spot_img
spot_img

जनकपुर,१४ साउन । मधेस प्रदेशमा पछिल्ला दिनमा बढ्दै गएको तनाव र सुरक्षा अवस्थाबारे साझा धारणा बनाउन मधेस केन्द्रित राजनीतिक दलहरूको संयुक्त बैठक जारी रहेको छ।

बैठकमा जनता समाजवादी पार्टी (नेपाल) का संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत विभिन्न मधेसवादी दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा मधेसका विभिन्न जिल्लामा विकसित पछिल्लो सुरक्षा अवस्था, प्रदर्शन तथा त्यसबाट उत्पन्न परिस्थितिबारे विस्तृत छलफल भइरहेको जनाइएको छ।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले सरकार मधेसको अवस्थाप्रति पर्याप्त रूपमा संवेदनशील नरहेको आरोप लगाएका छन्। उनका अनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग हुँदा केही मधेसी युवाले ज्यान गुमाएको तथा अन्य घाइते भएको दाबी गरिएको छ। उनले शान्ति–सुरक्षा कायम गर्न सरकार प्रभावकारी हुनुपर्ने आवश्यकता पनि औँल्याए।

बैठकपछि वर्तमान परिस्थितिबारे साझा निष्कर्षसहित संयुक्त निर्णय सार्वजनिक गरिने नेताहरूले बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय