spot_img

देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख राहत

spot_img
spot_img

काठमाडौँ,१५ साउन । गृहमन्त्री सुधन गुरुङले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारसँग भएको सहमतिअनुसार सरकार अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

पीडित परिवारसँग बुधबार राति सहमति भएपछि गृहमन्त्री गुरुङले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सरकार सत्य, न्याय, कानुनी शासन र नागरिकको विश्वासप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका हुन्।

गृहमन्त्री गुरुङका अनुसार सहमतिअनुसार मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइनेछ। त्यस्तै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ।

घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने र पीडित परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने सहमति पनि भएको उनले जानकारी दिएका छन्।

त्यसैगरी, मृतकहरूको स्मृतिमा स्मृति पार्क निर्माणका लागि आवश्यक समन्वय गर्ने सहमति भएको छ। घटनासम्बन्धी आवश्यक निर्णय तथा कार्यान्वयन छानबिन समितिको प्रतिवेदनका आधारमा अघि बढाइने गृहमन्त्री गुरुङले स्पष्ट पारेका छन्।

गृहमन्त्री गुरुङले घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

पीडित परिवारसँग भएको सहमतिपछि मृतक दुवैको अन्तिम संस्कार बिहीबार नै गरिने भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय