spot_img

धार्मिक तनाव समाधानका लागि संवाद र सहकार्य आवश्यक : हर्क साम्पाङ

spot_img
spot_img

काठमाडौँ,१५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पछिल्लो समय देखिएको धार्मिक तथा साम्प्रदायिक तनावको समाधान संवाद, सहकार्य र आपसी सम्मानबाट मात्रै सम्भव हुने बताएका छन्।

शुक्रबार जारी गरेको सन्देशमार्फत साम्पाङले नेपाल सबै नेपालीको साझा देश भएकाले हरेक धर्म र आस्थामा विश्वास गर्ने नागरिकको अधिकार समान रूपमा सुनिश्चित हुनुपर्ने बताएका हुन्। उनले धार्मिक सहिष्णुता र एकअर्काको आस्थाप्रति सम्मान कायम गर्नुपर्नेमा जोड दिएका छन्।

साम्पाङले श्रम संस्कृति पार्टीले सबै धर्मलाई समान दृष्टिले हेर्ने स्पष्ट पार्दै कुनै धर्मप्रति विभेदपूर्ण धारणा नरहेको बताएका छन्। पछिल्लो तनावपूर्ण परिस्थितिलाई थप जटिल बन्न नदिन राजनीतिक दल, नागरिक समाज, धार्मिक समुदाय तथा अन्य सरोकारवालाबीच सकारात्मक संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

उनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। यसका लागि श्रम संस्कृति पार्टी आवश्यक सकारात्मक सहयोग गर्न तयार रहेको उनले उल्लेख गरेका छन्।

धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने अभिव्यक्ति र गतिविधिबाट सबै पक्ष सचेत रहनुपर्ने भन्दै साम्पाङले परिस्थितिलाई थप उत्तेजित बनाउने कुनै पनि किसिमका अभिव्यक्ति नदिन सबैमा अपिल गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय