spot_img

धनुषाको हनुमान मन्दिरमा सुतिरहेका व्यक्तिको हत्या

spot_img
spot_img

जनकपुर,१५ साउन । धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित हनुमान मन्दिरमा सुतिरहेका एक व्यक्तिको हत्या भएको छ।

प्रहरीका अनुसार हंसपुर नगरपालिका–३, मलहनिया घर भएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको मन्दिर परिसरमा सुतिरहेको अवस्थामा हत्या भएको हो।

गडेरी केही समयदेखि रघुनाथपुरमा रहेको फुपूको घरमा बस्दै आएका थिए। स्थानीयका अनुसार उनी फुपूको घरमा खाना खाएपछि राति हनुमान मन्दिरमा गएर सुत्ने गरेका थिए।

मन्दिरमा सुतिरहेको अवस्थामा उनको हत्या भएको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

हत्याको कारण खुल्न सकेको छैन। घटनामा संलग्न व्यक्तिको पहिचान तथा हत्याको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय