spot_img

राजविराजमा कर्फ्यु आदेश, बिहान ८ बजेदेखि लागू

spot_img
spot_img

सप्तरी,१५ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले शुक्रबार बिहान सूचना जारी गर्दै शान्ति–सुरक्षा कायम राख्न बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू हुने जनाएको हो।

प्रशासनका अनुसार कर्फ्यु लागू हुने क्षेत्रको सीमा पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी थलही, उत्तरमा रूपनी रोडअन्तर्गत बसबिट्टी र दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्म रहेको छ।

पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन तथा सम्भावित अवाञ्छित गतिविधिका कारण सार्वजनिक शान्ति–सुरक्षामा असर पर्न सक्ने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले कर्फ्यु आदेशको उल्लंघन हुने गरी कुनै गतिविधि गरे वा गराएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय