spot_img

मधेशका ११ परीक्षा केन्द्रमा त्रिविको एमबीएस परीक्षा स्थगित

spot_img
spot_img

बीरगन्ज,१५ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको असहज सुरक्षा अवस्थालाई ध्यानमा राख्दै एमबीएस तहको पूर्वनिर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।

त्रिविका रजिस्ट्रार महानन्द चालिसेका अनुसार मधेश प्रदेशमा पछिल्लो समय उत्पन्न सुरक्षा तथा व्यवस्थापकीय प्रतिकूल परिस्थितिका कारण ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो।

परीक्षा स्थगित भएका केन्द्रहरूमा जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, मलङ्गवाको सर्लाही क्याम्पस, लालबन्दीको जनज्योति बहुमुखी क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, लहानको जेएस मुरारका बहुमुखी क्याम्पस, राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पस र सप्तरीको कञ्चनपुरस्थित नेशनल पिपुल कलेज रहेका छन्।

त्यस्तै, रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पस, गौरस्थित गौरीशंकर यादव रौतहट क्याम्पस, बाराको सिमरा कलेज र वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा पनि परीक्षा स्थगित गरिएको छ।

त्रिविले यी ११ केन्द्रबाहेक देशका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार एमबीएस परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ।

स्थगित परीक्षा केन्द्रको नयाँ तालिका मधेश प्रदेशको अवस्था सहज भएपछि यथाशीघ्र सार्वजनिक गरिने त्रिवि व्यवस्थापन संकायका सहायक डीन डा. भरत राईद्वारा जारी सूचनामा उल्लेख छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय