spot_img

बीरगन्जमा कुटपिटबाट घाइते महिलाको उपचारकै क्रममा मृत्यु, एक पक्राउ

spot_img
spot_img

बीरगन्ज,१५ साउन । पर्साको बीरगन्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का आरोपित फरार छन्।

प्रहरीका अनुसार गत असार ३१ गते सडक विस्तारका क्रममा भत्काइएको घरको इँटा हटाउने विषयमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि स्थानीय करिब ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेको आरोप छ।

कुटपिटबाट घाइते भएकी लिलावतीलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्जमा भर्ना गरिएको थियो। उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

तर, साउन १४ गते साँझ अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई पुनः नारायणी अस्पताल लगिएको थियो। उपचारकै क्रममा साँझ ७ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी गण्डकबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले आरोपित लक्की प्रसाद पटेललाई पक्राउ गरेको छ।

फरार रहेका मनोज प्रसाद कुर्मीको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय