spot_img

पर्सामा शान्ति–सुरक्षा र सामाजिक सद्भावबारे सर्वदलीय बैठक

spot_img
spot_img

बीरगन्ज,१५ साउन । पर्सामा पछिल्लो समय देखिएका घटनाक्रम तथा जिल्लाको शान्ति–सुरक्षा अवस्थाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा जिल्लाको समग्र सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा पछिल्ला घटनाक्रमका विषयमा छलफल भइरहेको छ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू र अन्य सरोकारवाला पक्षको सहभागिता रहेको छ।

जिल्लामा शान्ति–सुरक्षा सुदृढ गर्दै सामाजिक सद्भाव कायम राख्न आवश्यक रणनीति र सहकार्यका विषयमा बैठक केन्द्रित रहेको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय