spot_img

सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन, बजार र यातायात प्रभावित

spot_img
spot_img

विराटनगर,१५ साउन । सुनसरीको कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घटनाको विरोधमा विराटनगरमा शुक्रबार प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले विराटनगरका विभिन्न चोकमा टायर बालेर विरोध जनाएका छन्। प्रदर्शनका कारण बजार तथा पसलहरू बन्द भएका छन् भने यातायात सेवा समेत प्रभावित बनेको छ।

कप्तानगञ्जमा आइतबार दुई समूहबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर दुई जनाको मृत्यु भएको घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र मृतकका परिवारबीच शुक्रबार बिहान सहमति भएको थियो। सहमतिअनुसार मृतकको शुक्रबार दिउँसो अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

सरकार र पीडित परिवारबीच सहमति भइसके पनि विराटनगरमा विरोध प्रदर्शन रोकिएको छैन। घटनालाई लिएर प्रदर्शनकारीहरूले दोषीमाथि कारबाही तथा न्यायको माग गर्दै विरोध जनाएका छन्।

यसैबीच, बिहीबार विराटनगरमा बसेको सर्वपक्षीय बैठकले शुक्रबार दिउँसो ३ बजे सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो। तर, केही सहभागीले घटनापछि तत्काल सद्भाव र्‍याली निकाल्दा हतार हुने भन्दै त्यसप्रति असहमति जनाएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय