spot_img

एमाले परित्याग गरेपछि देवाही–गोनाहीका मेयर र वडाध्यक्ष पदमुक्त

spot_img
spot_img

रौतहट,१५ साउन । रौतहटको देवाही–गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानु र वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश प्रसाद कुर्मी पदमुक्त भएका छन्।

नेकपा (एमाले) ले दुवै जनाले पार्टी परित्याग गरेको जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार उनीहरूको निर्वाचित पद रिक्त गरेको हो।

निर्वाचन आयोगका अनुसार एमाले केन्द्रीय सचिवालयले कानु र कुर्मीले पार्टी विधानविपरीत गतिविधि गर्दै दल त्याग गरेको निर्णयसहितको विवरण आयोगमा पठाएको थियो। प्राप्त विवरणका आधारमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवैको पद रिक्त गरिएको आयोगले जनाएको छ।

नगर प्रमुखको पद रिक्त भएसँगै देवाही–गोनाही नगरपालिकाको कार्यसम्पादन उपप्रमुखमार्फत सञ्चालन हुने भएको छ। रिक्त पदमा उपनिर्वाचन कहिले हुने भन्नेबारे भने निर्वाचन आयोगले हालसम्म मिति सार्वजनिक गरेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय