spot_img

वीरगञ्ज महानगरपालिका–२६ को सुविधा सम्पन्न वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन उद्घाटन

spot_img
spot_img

वीरगञ्ज, १५ साउन । वीरगञ्ज महानगरपालिका वडा नं. २६ मा नवनिर्मित सुविधा सम्पन्न वडा कार्यालय भवन तथा स्वास्थ्य चौकी भवनको एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ।

भवनहरूको उद्घाटन वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तेयाज आलमले गरेका हुन्। वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

करिब १ करोड १० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएका यी दुवै भवन सञ्चालनमा आएपछि वडा कार्यालयको प्रशासनिक सेवा थप प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गरिएको छ। साथै, स्वास्थ्य चौकीको नयाँ भवनबाट स्थानीय नागरिकले गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शम्भु मिश्रले भवन निर्माण कार्य सम्पन्न हुनुमा कार्यवाहक नगर प्रमुख इम्तेयाज आलमको विशेष सहयोग र सकारात्मक पहल महत्वपूर्ण रहेको बताए। उनले नयाँ भवनबाट वडावासीले छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा, नेपाली कांग्रेसका नेता रामरूप कुर्मी, महानगरका विभिन्न वडाका वडा अध्यक्षहरू, नागरिक समाजका अगुवा, वडा सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय