spot_img

सुनसरीमा आज साँझ ५ बजेसम्म कर्फ्यु हटाइयो, निषेधाज्ञा भने यथावत

spot_img
spot_img

सुनसरी ,१६ साउन –  जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १२ गतेदेखि जिल्लाका विभिन्न क्षेत्रमा जारी गरेको अनिश्चितकालीन कर्फ्यु आज (शनिबार) बिहान ८ः३० बजेदेखि साँझ ५ बजेसम्मका लागि हटाएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार सर्वसाधारणको दैनिक आवतजावत र अत्यावश्यक गतिविधिलाई सहज बनाउन उक्त अवधिका लागि कर्फ्यु स्थगित गरिएको हो।

यद्यपि, प्रशासनले शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जारी गरिएको निषेधाज्ञा भने कायम रहने जनाएको छ। निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस निकाल्न वा समूहमा जम्मा हुन निषेध गरिएको छ।

प्रशासनका अनुसार इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, साथै इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा यथावत् लागू रहनेछ।

प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय