spot_img

गोलबजार गोलीकाण्ड : मृतक गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

spot_img
spot_img

सिरहा,१६ साउन – सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ।

परिवारले राखेका मागमाथि भएको छलफलपछि सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। जिल्ला सुरक्षा समितिको बैठक सम्पन्न भएपछि गृहमन्त्री गुरुङ शुक्रबार राति गणेश यादवको निवास पुगेर परिवारसँग छलफल गरेका थिए।

सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ।

त्यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था गर्ने, गणेश यादवको स्मृतिमा पार्क निर्माण गर्ने, उनका बुबाआमाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने तथा परिवारले शव बुझेर अन्त्येष्टि गर्ने सहमति भएको छ। अन्त्येष्टिका लागि आवश्यक सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय