spot_img

तराईको तनाव साम्य पार्न गृहमन्त्रीको पहल, जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता

spot_img
spot_img

जनकपुर,१६ साउन । तराईका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधान गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार जनकपुरमा आन्दोलनरत पक्षसँग औपचारिक वार्ता सुरु गरेका छन्।

गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनालगायत आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग भेटेर पछिल्लो सुरक्षा अवस्था, आन्दोलनका माग तथा शान्ति स्थापनाका उपायबारे छलफल गरेका हुन्।

साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई युवकको मृत्यु भएपछि तराईका विभिन्न जिल्लामा प्रदर्शन र आन्दोलन चर्किएको थियो। त्यसको प्रभाव सिरहासम्म फैलिएको थियो, जहाँ दुई समुदायबीचको विवाद उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको मृत्यु भएको थियो।

बढ्दो तनावका बीच गृहमन्त्री गुरुङ स्थलगत अनुगमन तथा सरोकारवाला पक्षसँग संवादका लागि तराई भ्रमणमा रहेका छन्। सरकारका अनुसार वार्ता र समन्वयका प्रयासपछि केही जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ।

प्रशासनले सुरक्षा अवस्थाको समीक्षा गर्दै केही जिल्लाबाट कर्फ्यू हटाइसकेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर केही स्थानमा निषेधाज्ञा भने यथावत् राखिएको छ।

सरकारले संवाद र सहमतिमार्फत सामाजिक सद्भाव कायम राख्दै समस्याको दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय