spot_img

गोलबजारमा दुई घण्टाका लागि कर्फ्यु खुकुलो

spot_img
spot_img

जनकपुर,१६ साउन । सिरहा जिल्ला प्रशासन कार्यालयले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दिउँसो दुई घण्टाका लागि खुकुलो गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न सहज होस् भन्ने उद्देश्यले दिउँसो ३ बजेदेखि ५ बजेसम्म कर्फ्यु खुकुलो गरिएको हो। सुरक्षा अवस्थाको समीक्षा गर्दै यो निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार गोलबजार हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनको आवागमनलाई पनि सहज बनाउन सुरक्षा निकायलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिइएको छ।

यद्यपि, कर्फ्यु खुकुलो पारिएको अवधिमा पनि पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला नहुन प्रशासनले आग्रह गरेको छ। सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म जारी सुरक्षा निर्देशिका र प्रशासनिक आदेशको पालना गर्न सबैलाई अनुरोध गरिएको छ।

सिरहामा पछिल्ला दिनमा उत्पन्न सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले आवश्यक सुरक्षा व्यवस्था कायम राखेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय