spot_img

गणेश यादवको शव गाउँ ल्याइँदै, आजै अन्त्येष्टि गरिने तयारी

spot_img
spot_img

जनकपुर,१६ साउन ।  सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको शव शनिबार गाउँ ल्याइँदै छ। परिवारले आजै उनको अन्त्येष्टि गर्ने तयारी गरेको छ।

मृतक गणेश यादव रामवृक्ष यादवका छोरा हुन्। शव गाउँ ल्याइने खबरपछि परिवार, आफन्त तथा स्थानीयवासी बिहानदेखि नै अन्तिम दर्शनका लागि प्रतीक्षामा रहेका छन्।

गणेशको घर परिसरमा ठूलो संख्यामा स्थानीयवासी, आफन्त र शुभेच्छुकहरू भेला भएका छन्। स्थानीयका अनुसार शव गाउँ पुगेपछि अन्तिम श्रद्धाञ्जलीका लागि केही समय तुलसियाहीस्थित बाबा कुटीमा राखिनेछ।

श्रद्धाञ्जलीपछि गागन खोलाको किनारमा धार्मिक परम्पराअनुसार गणेश यादवको अन्त्येष्टि गरिने तयारी गरिएको स्थानीयले बताएका छन्।

गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएपछि स्थानीय क्षेत्रमा शोक छाएको छ। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय