spot_img

जातीय तथा धार्मिक सद्भावको सन्देश दिन काठमाडौंमा कांग्रेसका भ्रातृ संस्थाको र्‍याली

spot_img
spot_img

काठमाडाै,१६ साउन ।  मुलुकमा जातीय तथा धार्मिक सद्भाव, सामाजिक एकता र शान्तिको सन्देश फैलाउने उद्देश्यले नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले शनिबार काठमाडौंमा सद्भाव र्‍याली आयोजना गरेका छन्।

तराईका विभिन्न जिल्लामा हालै देखिएको धार्मिक तथा सामुदायिक तनावको पृष्ठभूमिमा आयोजित र्‍यालीमार्फत सहभागीहरूले आपसी सहिष्णुता, मेलमिलाप र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आह्वान गरेका छन्।

साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई जनाको मृत्यु भएपछि तराईका विभिन्न जिल्लामा प्रदर्शन र तनाव बढेको थियो। त्यसपछि सिरहामा पनि उत्पन्न विवादका क्रममा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएपछि केही जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

यही परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौंमा आयोजित र्‍यालीमा सहभागीहरूले समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र पारस्परिक सम्मान कायम राख्नु आजको आवश्यकता भएको बताएका छन्।

र्‍यालीमा सहभागीहरूले सबै धर्म, जाति र समुदायबीच भाइचारा, सहअस्तित्व र आपसी विश्वासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिँदै हिंसा र द्वन्द्वभन्दा संवाद र सहकार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय