spot_img

मधेस प्रदेशमा ९१ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न

spot_img
spot_img

जनकपुर,१६ साउन । मधेस प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म प्रदेशभर ९१ दशमलव ५५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।

निर्देशनालयका अनुसार कुल धान खेती हुने तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो।

मधेस प्रदेशका आठ जिल्लामध्ये सिरहामा सबैभन्दा राम्रो प्रगति देखिएको छ। सिरहामा धान खेती हुने ५४ हजार हेक्टर क्षेत्रफलमै रोपाइँ सम्पन्न भइसकेको छ। कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माका अनुसार सिरहामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको हो।

त्यस्तै, सप्तरीमा ६८ हजार हेक्टर धान खेती क्षेत्रफलमध्ये ६१ हजार २०० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन ९० प्रतिशत हो।

धनुषामा भने हालसम्म ८५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। जिल्लामा ४३ हजार ९०० हेक्टरमा धान खेती गर्ने लक्ष्य रहेकामा ३७ हजार ३१५ हेक्टरमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ।

अन्य जिल्लातर्फ महोत्तरीमा ७४ दशमलव ७७ प्रतिशत, सर्लाहीमा ९४ प्रतिशत, रौतहटमा ९३ प्रतिशत, बारामा ९५ प्रतिशत र पर्सामा ९१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

निर्देशनालयका अनुसार यस वर्ष अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण धान रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको छ। बाँकी क्षेत्रमा पनि छिट्टै रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय