हेटौंडा,१६ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० टिसिएन रोडस्थित डेरामा बस्दै आएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ स्थायी घर भएकी अन्दाजी १७/१८ वर्षीया अनिशा विक बुधबार बिहान आफ्नै डेरामा अचेत अवस्थामा फेला परेकी थिइन्।
प्रहरीका अनुसार अनिशा हेटौंडास्थित आरआरएस थकाली रोधीघरमा वेटरको रूपमा कार्यरत थिइन्। बिहान करिब ६ बजे डेरामा रहेका साथीहरूले उनलाई अचेत अवस्थामा देखेपछि तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्याएका थिए।
अस्पताल पुर्याइएको केही समयपछि चिकित्सकले ईसीजी परीक्षणमार्फत उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
घटना शंकास्पद देखिएको भन्दै प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। मृत्युको कारणबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।




