spot_img

खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास, तीन राउण्ड गोलीपछि पक्राउ

spot_img
spot_img

काठमाडौं,१७ साउन । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाटमा संलग्न भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कर्मा तामाङ रहेका छन्। प्रहरीका अनुसार साउन १६ गते राति उनलाई पक्राउ गर्न खटिएको टोलीले नियन्त्रणमा लिन खोज्दा उनले साथमा रहेको खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए।

प्रहरीमाथि आक्रमणको प्रयास भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड गोली चलाएको जनाएको छ। गोली लागेर घाइते भएका तामाङलाई तत्काल नियन्त्रणमा लिएर उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

घटनास्थलबाट प्रहरीले लुटपाट तथा आक्रमणमा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय