spot_img

सिरहादेखि सर्लाहीसम्म हुलाकी राजमार्गको ९० प्रतिशत सडक कालोपत्र

spot_img
spot_img

जनकपुर,१७ साउन । मधेस प्रदेशको महत्वपूर्ण पूर्वाधार आयोजना हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ। यस खण्डमा हालसम्म २४ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र गरिएको छ।

हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको कुल ४०६.४३ किलोमिटर सडकमध्ये ३४७.६३ किलोमिटरमा कालोपत्र सम्पन्न भएको छ।

यस्तै धनुषामा तीन, महोत्तरीमा तीन, सिरहामा तीन र सर्लाहीमा सात गरी १९ वटा पुल निर्माण अन्तिम चरणमा रहेको निर्देशनालयले जनाएको छ। बाँकी ५८.८ किलोमिटर सडकमध्ये १२.८ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भइसकेको छ।

निर्देशनालयका प्रमुख कृष्णकुमार महतोका अनुसार चालु आर्थिक वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ।

हालसम्म सिरहामा २९.९८ किलोमिटर, महोत्तरीमा ९१.५६ किलोमिटर र सर्लाहीमा १५१.५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। सम्पूर्ण आयोजना पूरा भएपछि पूर्व–पश्चिम हुलाकी राजमार्गको कुल लम्बाइ एक हजार ७९२ किलोमिटर पुग्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय