spot_img

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट वीरगञ्जका ६ वर्षीय बालकको मृत्यु

spot_img
spot_img

बीरगन्ज,१७ साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका–५ स्थित उज्ज्वल स्कुल नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बीरगन्जका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो विष्णुदेवी मन्दिरबाट चारधारातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले सडक पार गर्दै गरेका पर्साको बीरगन्ज महानगरपालिका–२० स्थायी घर भई हाल कीर्तिपुर–५ मा बसोबास गर्दै आएका ६ वर्षीय संगीत खानलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका संगीतलाई उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शनिबार बिहान करिब १२:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार मोटरसाइकल र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय