spot_img

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइयो, निषेधाज्ञा भने कायम

spot_img
spot_img

राजविराज,१७ साउन । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाउँदै अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णयपछि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको हो।

निषेधाज्ञाअनुसार दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको निषेधाज्ञाको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी–थलही क्षेत्र, उत्तरतर्फ रुपनी रोडस्थित बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र निषेधाज्ञा लागू हुने क्षेत्र निर्धारण गरिएको छ।

यस्तै, बोदेबरसाइन नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा कायम रहने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमित रहन तथा प्रशासनका निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ। निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म कायम रहने जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय