spot_img

जानकी मन्दिरमा गृहमन्त्री गुरुङको पूजार्चना, शान्ति र सद्भावको कामना

spot_img
spot_img

जनकपुर,१७ साउन । गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति, सामाजिक सद्भाव र समृद्धिको कामना गर्दै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा पूजार्चना गरेका छन्।

दुईदिने धनुषा भ्रमणमा रहेका गृहमन्त्री गुरुङले आइतबार जानकी मन्दिर पुगेर विशेष पूजा गरेका हुन्। मन्दिर परिसरमा गृहमन्त्रीलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गर्दै फूलप्रसाद प्रदान गरेका थिए।

जनकपुरधाममा पछिल्ला दिनमा विभिन्न पक्षसँग संवाद र छलफलमा व्यस्त रहेका गृहमन्त्री गुरुङले पूजार्चनामार्फत देशमा शान्ति, आपसी सद्भाव र समृद्धिको कामना गरेका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय