spot_img

देशको अस्तित्व र स्वाभिमान जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती : माधव नेपाल

spot_img
spot_img

काठमाडाै,१७ साउन ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अस्तित्व, स्वाभिमान र राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्नु अहिले नेपालको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्।

२९औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आइतबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल कुनै पनि विदेशी शक्तिको प्रभाव वा प्रतिस्पर्धाको मैदान बन्न नहुने धारणा व्यक्त गरे।

“नेपाल कुनै देशको पछाडि लाग्न चाहँदैन, कसैको अधीनमा पनि रहन चाहँदैन। हाम्रो नीति सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध कायम गर्ने हो,” उनले भने।

नेता नेपालले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीय व्यवस्थाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे। उनले यी उपलब्धिमाथि कुनै पनि प्रकारको चुनौती आउन नदिन राजनीतिक दल र नागरिक समाज सजग रहनुपर्नेमा जोड दिए।

कार्यक्रममा उनले निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध लोकतन्त्र स्थापनाका लागि तुलसीलालले पुर्‍याएको योगदानको स्मरण गर्दै लोकतान्त्रिक आन्दोलनमा उनको भूमिकाको प्रशंसा पनि गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय