spot_img

पाँच बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ

spot_img
spot_img

काठमाडाै,१७ साउन । बैंकिङ कसुरका पाँच वटा मुद्दामा फरार रहेका एक अभियुक्तलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति धादिङको ज्वालामुखी गाउँपालिका–३ निवासी ३३ वर्षीय अन्जन भट्ट रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनलाई कार्यालयको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार भट्टविरुद्ध विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरसम्बन्धी पाँच वटा उजुरी दर्ता भएका छन्।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा दर्ता भएपछि उनी फरार रहेका थिए। यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरमा १५ लाख रुपैयाँ, जिल्ला प्रहरी परिसर काठमाडौंमा १ लाख ४८ हजार रुपैयाँ, प्रहरी वृत्त बालाजुमा २ लाख ५० हजार रुपैयाँ र प्रहरी वृत्त कालिमाटीमा १ लाख ८० हजार रुपैयाँ बराबरका बैंकिङ कसुरका उजुरी पनि उनीविरुद्ध दर्ता रहेका छन्।

प्रहरीले पक्राउ परेका भट्टमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय