spot_img

महोत्तरीमा विद्यालय बस दुर्घटना हँदा पाँच विद्यार्थीसहित ६ जना घाइते

spot_img
spot_img

जनकपुर,१९ साउन । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित चालक गरी ६ जना घाइते भएका छन्।

बिहान करिब ७ः३० बजे गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको उखुबारीमा खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक गौशाला–५ निवासी करिब ४० वर्षीय विजय भुजेल घाइते भएका छन्। साथै गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय प्रतिक कुशवाहा, ८ वर्षीय प्रज्वल कुशवाहा र १३ वर्षीया प्रिति कुशवाहा, गौशाला–९ निवासी शेख जावेदका १३ वर्षीय छोरा उमर शेख तथा गौशाला–११ निवासी रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा पनि घाइते भएका छन्।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार प्रहरी चौकी कान्तिबजारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा पठाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय