spot_img

सुनसरी गोलीकाण्डमा उपचाररत घाइते रविन्द्र मेहताको मृत्यु

spot_img
spot_img

बीरगन्ज,१९ साउन । सुनसरीको कप्तानगन्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका रविन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएको छ। उनको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको थियो।

प्रहरीका अनुसार मेहताको उपचारकै क्रममा निधन भएपछि कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

कप्तानगन्जमा दुई समूहबीच भएको तनाव हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा यसअघि नै दुई युवाको मृत्यु भइसकेको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए।

यस्तै, यस घटनाक्रमसँगै मधेश–पूर्व क्षेत्रमा पछिल्ला दिनमा भएका झडपका क्रममा सिरहामा पनि प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको थियो। सुनसरी र सिरहाका घटनापछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय